Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौँ, १ पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले विद्यार्थीले सिकेका ज्ञान सीपलाई उनीहरुको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन सक्ने प्रकारको शिक्षा आजको आवश्यकता हो भनेका छन् ।

उनले पेप्सीकोलास्थित नवस्थापित पाणिनि स्कुलको आज एक समारोहबीच उद्घाटनमा सो कुरा बताएका हुन् ।

उपराष्ट्रपति पुनले मौलिक संस्कृति र आधुनिक प्रविधिसहित शिक्षाको विकासमा उक्त विद्यालयले भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सकोस् भनी कामना गरे ।

संस्कृत भाषाका वैयाकरण पाणिनिको नामबाट विद्यालय स्थापना भएकाले सो विद्यालयमा संस्कृतसमेत पढाइन्छ ।

शिक्षा मन्त्रालयमा प्रवक्ता डा हरि लम्सालले राज्यको पुनःसंरचनासँगै विद्यालय शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा परेकाले शिक्षामा थप सुधार हुने अपेक्षा व्यक्त गरे ।

विद्यालयका संस्थापक प्रिन्सिपल कर्णबहादुर शाहीले परीक्षामा सोधिने प्रश्नका विषयलाई विद्यार्थीको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन आफूहरुले प्रयास गरिरहेको धारणा व्यक्त गरे ।

पेन पिइएन शैक्षिक नेटवर्कअन्तर्गत सञ्चालित सो विद्यालयमा हाल मन्टेश्वरीदेखि कक्षा ९ सम्म सञ्चालन भएको र भविष्यमा कक्षा १२ सम्म सञ्चालन हुनेछ । सो नेटवर्कमा पेन्टागन टेक्निकल कलेज, क्याम्ब्रिज कलेज अफ इञ्जिनियरिङसमेत छन् ।

तपाईको प्रतिक्रिया