Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठमाडौँ, १३ माघ २०७९ । सर्वोच्च अदालतले रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै फैसला गरेपछि उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापित पद गुमाएका छन् ।

लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरे पनि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै उनी सांसद उम्मेदवार हुन अयोग्य रहेको फैसला गरेको थियो । योसँगै लामिछाने निर्वाचित भएको चितवन-२ मा उपनिर्वाचन हुने छ भने उनले नेतृत्व गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रिक्त भएको छ ।

लामिछानेको नेतृत्वमा गत असार ७ गते पार्टी घोषणा गरिएको थियो । गत मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा सो दलले २० स्थान जितेको थियो । जसले चुनावमा करिब १२ प्रतिशत मत प्राप्त गरेको थियो । रास्वपा वर्तमान सत्ता गठबन्धनको एउटा घटक हो ।

 

तपाईको प्रतिक्रिया