Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

दमक । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा ४० किलोको मालाले सम्मान गरिएको छ। मंगलबार दमक नगरपालिकाले नगरपालिका कार्यालय परिसरमा गरिएको बधाई तथा सम्मान कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीसहित जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालले उक्त माला लगाइदिएर सम्मान गरेका हुन्।

कार्यक्रममा झापाको क्षेत्र नं.– ५ ‘ख’बाट प्रदेशसभामा निर्वा्चित अर्जुन राईलाई पनि सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि सम्बोधन गर्दै ओलीले आफ्ना मतदाताहरूको सम्मान हुनेगरी विकास र समृद्धिको अगुवाइ गर्ने बताए।

उनले आफूलाई ठूलो माला लगाइदिएपछि जिम्मेवारीले पनि थिचेको भन्दै माला र मतको सम्मान हुनेगरी जनअपेक्षाअनुसार काम गर्ने बताए। सोमबार गृहजिल्ला आएका ओलीले मंगलबार भद्रपुर विमानस्थल हुँदै फर्कनुअघि दमकका विभिन्न स्थानमा भएका विजयी सभाहरूलाई सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments