Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

मंगलवार ९ कार्तिक २०७८ / हामीले दैनिक जीवनमा प्रयोग गरिआएको धनिया तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौ । धनियाको बिया जमिनमा छरिदियो भने उम्म्रिदै आउछ र त्यसलाई जरैदेखि उखलेर दैनिक जीवनमा प्रयोग गर्ने गरिन्छ । हरियो धनिया मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन् सकिन्छ ।

धनियामा हुने पोषणहरुबारे तल केहि बुदा दिईएको छ :

धनियाको बीजमा phytonutrients भन्ने पोषण हुन्छ, जुन डाइट्री फाइबर्सको प्रमुख स्रोत हो । यसमा म्यागनीज, आईरन, म्याग्न‍िशियम धेरै मात्रामा हुन्छ । यसमा भिटामिन सी र प्रोटीनहरु पनि पाइन्छ, यसमा कम मात्रामा क्याल्शियम, फोस्फोरस, पोटाशियम, थायमिन र क्यारोटीन पाइन्छ ।

धनियाको पात, स्वास्थको लागि फाईदाजनक

धनियाको पातले हाम्रो शरिरमा भएको अनावश्यक कोलेस्ट्रोल कम गर्नुको साथै शरीरलाई फाइदा हुने कोलेस्ट्रोल बढाउछ ।

पाचन प्रणालीको लागि एकदम फाईदाजनक र लिभरलाई सन्तुलित राख्ने काममा यसले सहयोग गर्छ ।

धनियामा भएको बिबिध भिटामिनले अल्जामियेर, डायेबिटिज, सुगर जस्ता बिरामीलाई फाइदा पुर्याउँछ ।

धनियामा भएको फाइटोन्यूट्रिएन्ट्स रेडिकल खराब हुनमा पनि धनियाले फाइदा गर्छ ।

धनियामा anti-inflammatory तत्व पाइन्छ, जसले थ्य्रोइड कन्ट्रोल गर्छ ।

हरियो धनिया पिसेर अनुहारमा भएको पिम्पल्स हटाउन पनि सकिन्छ ।

हरियो धनियाँलाई उमालेर बिहान खाली पेटमा खायो भने पेटमा भएको पत्थरी युरिन हुँदै जान्छ ।

धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।

अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ ।

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।

हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।

धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया