काठमाडौं, २२ असार २०८३ । पैदल हिँडिरहेकी एक युवतीलाई गोप्य अंग देखाउने पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय सुरेन्द्र भट्ट छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, आइतबार (असार २१) साँझ इमाडोलमा बाटोमा हिँडिरहेकी युवतीलाई भट्टले अश्लील हर्कत गरेका थिए । ती युवतीले भट्टको हर्कतबारेको भिडियो बनाएकी थिइन् ।
उक्त भिडियो युवतीले सामाजिक सञ्जालमा पोस्ट समेत गरेकी थिइन् । सोही पोस्टका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भट्टमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।






