Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं – चलचित्रकर्मी निकिता पौडेल ‘चलचित्र बिकाश बोर्ड’को अध्यमा नियुक्त भएकी छन् । मन्त्रीपरिषद्को सोमबार बसेको वैठकले निकितालाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनएफडीसीकी प्रमुख समेत रहेकी निकिताको नाम केही समय अगाडि देखि बोर्ड अध्यक्ष पदका लागि चर्चामा थियो । गत जेठ महिनाबाट राजकुमार राइको २ बर्षे कार्यकाल सकिएपछि बोर्डमा अध्यक्ष पद रिक्त रहँदै आएको थियो ।

पर्व चलचित्रको निर्माता समेत रहेकी निकिता गोपीकृष्ण हलका संचालक उद्धब पौडेलकी छोरी हुन् । उद्धब पौडेल राप्रपाका नेता हुन् । निकिता गोपिकृष्ण टिभीसँग पनि आवद्ध छिन् । बोर्ड अध्यक्ष भएपछि निकिताले चलचित्रको श्रीबृतीमा आफ्नो कदम रहने बताइन् ।

तपाईको प्रतिक्रिया