Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

गौरादह, २० असोज । झापाको गौरादह नगरपालिका २ हाँसखोरा स्थित शिद्धेश्वर शिवालय मन्दिरले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मन्दिर प्राङ्गणमा संचालन गरिएको साधारण सभामा अध्यक्ष शिवलाल पौडेलले मन्दिरको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । मन्दिरका कोषाध्यक्ष टेक बहादुर विष्टले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

लेखा संयोजक उत्तम बस्नेतले मन्दिरको १ लाख ४४ हजार ७ सय ६६ आम्दानि र ८० हजार २ सय ६६ खर्च रहेको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा मन्दिर व्यवस्थापनका १ सय १२ जना आजीवन सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

साधारण सभामा नृत्य गर्ने टोलीहरुलाई पुरस्कार वितरण गरिएको थियो। संस्थाका अध्यक्ष शिवलाल पौडेलको सभापतित्वमा सम्पन्न साधारण सभामा वडा नं. २ का वडाध्यक्ष हेमन्त कार्की प्रमुख अतिथि रहेका थिए।

गुरुकुल विद्यालय गौरादहका अध्यक्ष शुरेस बहादुर पौडेल, मन्दिरका सल्लाहकार संयोजक पुष्पलाल ढकाल, शुभलक्ष्मी सहकारी संस्थाका सचिव हेमचन्द्र घिमिरे राजु, सरस्वति आधारभुत विद्यालयका प्रधानाध्यापक याम बहादुर कार्कीले शुभकामना मन्तव्य राखेका थिए। शिद्धेश्वर हरिकृतन मण्डली अध्यक्ष मेनुका काफ्लेले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव नारायण प्रसाद काफ्लेले कार्यक्रम सन्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments