Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

गौरादह,६ असोज । साना किसान कृषी सहकारी संस्था गौरादह २, झापाले नवौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सामुदायिक भवन गौरादहमा बिविध कार्यक्रमका साथ शनिवार आयोजना गरिएको साधारणसभामा संस्थाका शेयर सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो । साधारण सभामा संस्थाकी अध्यक्ष तुलसा भुजेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

संस्थाका लेखा संयोजक ललिता सिग्देलले संस्थाको ५ करोड ७७ लाख ६६ हजार ५ सय ६६ वासलत रहेको प्रतिवेदन प्रस्तुत गरेकी थिईन् । त्यस अवसरमा संस्थाले असल ऋणी ६ जना, दैनिक वचतकर्ता १ जना, समुह वचत तर्पm २ समूह, किसानहरुका लागि तरकारीखेती तर्पm ४ जना, पशुपालन तर्पm ४ जना र व्यवसाय तर्पm २ जना शेयर सदस्यका साथै एस. ई. ई. परीक्षामा उत्कृष्ट अंक ल्याउने २ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
अध्यक्ष तुलसा भुजेल

त्यसैगरी संस्थाले ५ जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरेको थियो । संस्थाकी अध्यक्ष तुलसा भुजेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहित कुमार अतिथि रहेका थिए । त्यस अवसरमा उपमेयर गिता भेट्वाल, समाजसेवी पुष्प ढकाल, भुपराज लुइटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाकी सदस्य चामुण्डा दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा सावित्रा थापा ढुंगानाले सञ्चालन गरेकी थिईन् ।

नयाँ समिति गठन
संस्थाको नवौँ साधारण सभाले पुनः तुलसा भुजेलको अध्यक्षतामा १२ सदस्यिय समिति सर्वसम्मत चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा हरिमाया अधिकारी रहेकी छन् । सदस्यहरुमा अञ्जु निरौला, कमला देवी लिम्बु, सिता कार्की, टिका तिम्सिना, धनमाया अधिकारी, गंगा खड्का, संगिता दाहाल, टिका देवी घिमिरे, इन्दिरा दाहाल र अस्मिता कार्की रहेका छन् ।
तपाईको प्रतिक्रिया