Online Bichar
शनिबार, मंसिर १६, २०८० | Saturday, December 2, 2023

काठमाडौं, ५ असोज । संविधानको विरोध गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूहले कैलालीको लम्कीमा जन सरकार गठन गरेको घोषणा गरेको छ ।

२०७२ साल असोज ३ गते घोषणा गरेको नेपालको संविधान जनताको हितमा नरहेको भन्दै विरोध गर्दैरहेको विप्लव समूहले संविधान दिवसकै दिन लम्कीचुहा नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी जन सरकारको घोषणा गरेको हो ।

पार्टिका सक्रिय कार्यकर्ता “विकास” को नेतृत्वमा १३ सदस्यीय लम्कीचुहा नगर स्तरीय जन सरकारको गठन गरी घोषणा गरेको हो । स्रोतका अनुसार पार्टीको देशब्यापी कार्यक्रम अन्तर्गत संगठन विस्तारको क्रममा कैलाली जिल्लाको एरिया नम्बर ६ को आयोजनामा जनसरकार घोषणा भएको हो ।

एरिया नम्बर ६ का सेक्रेटरी भावुकको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी एरिया नम्बर ६ का इञ्चार्ज विकल्प सहित करीब ३ सय बढी नेता तथा कार्यकर्ताहरूका साथै स्थानिय तथा कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको जनन्यायालय कैलालीका प्रमुख सेवक, महिला नेत्री विनिता, अखिल नेपाल शिक्षकका मोतिराम जैशी, संयुक्त उद्योग ब्यापार महासंघका जनक सिंह लगायतले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया