Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

गौरीगञ्ज, ४ असोज  । झापाको पश्चिम दक्षिणी क्षेत्रका सडकहरुमा हुनेगरेका सडक दुर्घटना न्युनिकरण गर्न गौरिगञ्ज ट्राफिक प्रहरीले ट्राफिक संकेत सम्वन्धिका स्लोगन वोर्ड राखेको छ ।

पाडाजुँगी–गौरिगञ्ज सडक खण्डमा मानिसहरुको चहलपहल बढी हुने क्षेत्र र सवारीका साधनहरु बढी भिडहुने क्षेत्रमा विहिबार दुर्घटना न्युनीकरण संवन्धी शन्देशमूलक होडिङ् बोर्ड राखेको छ ।

गौरीगञ्ज क्षेत्रमा दुर्घटनाको जोखिम क्षेत्र मानिएको खानेपानी ट्याङ्की देखि गौरीगञ्ज चोक सम्म ७ वटा जनचेतना मुलक  होडिङ् बोर्ड राखेको छ । गौरीगञ्ज गाउँपालिकाले सौजन्य गरेको गती सिमित, विद्यालय क्षेत्र, घुमेको सडक, सागुरो सडक, प्रहरी कार्यायलको सम्पर्क नंम्वर सहितको बोर्डहरु राखेको छ ।

सवारिका साधनहरुको चाप बढ्दै जादा सडक सागुरो भएको जनगुनासो आईरहेको समयमा तिव्र गतिम सवारीका साधनहरु चलाउदा दुर्घटना हुन सक्ने सम्भावनालाई न्युनिकरण गर्न ट्राफिक संकेत बोर्ड राख्न आवश्यक रहेको गौरीगञ्ज ट्राफिक प्रहरी प्रमुख गोकुल आचार्यले बताए ।

गौरीगञ्ज क्षेत्रमा अस्थाई ट्राफिक प्रहरी पोष्ट स्थापना गरी कार्य सञ्चालन गरेपछि दुर्घटना न्युनिकरणमा ट्राफिक प्रहरीले नियमित सवारीका साधन चेकजाँच गर्नुका साथै विभिन्न प्रकारका अभियानहरु सञ्चालन गरिरहेको छ ।

गौरीगञ्ज क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरुमा ट्राफिक जनचेतना मुलक स्कूलिङ् प्रोग्राम, सिटी सफारी तथा अटो रिक्सा चालकहरुलाई पार्किङ् तथा ट्राफिक नियमको पालना सम्वन्धी तालिम दिईरहेको छ ।

विद्यालयका विद्यार्थीहरुलाई सडकमा हिड्दा र सडक पार गर्दा ध्यान दिनुपर्ने कुराहरुलाई सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिदै ट्राफिक नियम पालना गर्न अनुरोध गरेको छ । ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख टेकेन्द्र पौडेल, वडा नं. ३ का वडा अध्यक्ष मखना महतो सहित स्थानियवासीहरुको उपस्थितिमा ट्राफिक संकेत बोर्ड राखिएको थियो ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments