Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024
गौरादह, ३१ भदौ । झापा गौरादहको गौरादह सामुदायिक कृषि सहकारी संस्थाले ११औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ । गौरादहको सामुदायिक भवनमा भएको साधारण सभामा संस्थाका अध्यक्ष तारा प्रसाद घिमिरेले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको वार्षिक प्रतिवेदन अनुसार संस्थाको कुल कुल चुक्ता शेयर पुँजी १ करोड ४३ हजार ७ सय र वासलत २ करोड ४१ लाख २७ हजार ८ सय ५५ रहेको छ ।
त्यस अवसरमा उत्कृष्ट वाल वचत तर्फ १ जना, गत वर्षको एस. ई. ई. परिक्षामा उत्कृष्ट विद्यार्थीहरु सामुदायिक र संस्थागत गरी ४ जना र उत्कृष्ट वचत पुरस्कार ३ जना, समुह वचत तर्फ ४ जना, धितो जमानी तर्फ ४ जना, समुह जमानी तर्फ ४ जना र उत्कृष्ट कृषक ३ जना लाई पुरस्कृत गरिएको थियो ।
गौरादह नगरपालिका उपमेयर गिता भेट्वालको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा वडा नं. १ का वडा अध्यक्ष नगेन्द्र भण्डारी, वडा नं. ३ का अध्यक्ष गजेन्द्र घिमिरे, संस्थाका संस्थापक अध्यक्ष गोविन्द वहादुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी सदस्य कल्पना अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव देवेन्द्र कुमार खड्काले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया