Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

पत्रकार खड्का सम्मानित

गौरादह, ३१ भदौ । झापा गौरादह ७ स्थित जुरोपानी बहुउद्धेश्य सहकारी संस्थाले १९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार ग्वालडुब्बा बजारमा संचालन गरिएको साधारण सभामा संस्थाका अध्यक्ष अमरदास सिवाकोटीले संस्थाका शेयर सदस्यहरुको निधन भएमा रु ३५ हजार र मृगौला प्रत्यारोपण, मुटु रोग र क्यान्सर लागेमा रु ३५ हजार आर्थिक सहयोग गर्ने बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

लेखा संयोजक कबिन्द्र सेढाईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष विष्णु बहादुर बुढाथोकीले संस्थाको कुल शेयर पूँजी १ करोड ५९ लाख ७३ हजार ९ सय र वासलत १० करोड ७८ लाख ७० हजार ५ सय रहेको कोषध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

त्यस अवसरमा १ पत्रकार सहित आजिवन बचत कर्ता २ जना, एस.इ.इ. परीक्षामा उत्कृष्ट अंक ल्याउने सामुदायीक र संस्थागत विद्यालयका शेयर सदस्यका छोराछोरी ४ जना , जेष्ठ शेयर सदस्यहरु ४ जना लाई सम्मान गरिएको थियो । त्यस अवसरमा असल बचत कर्ता १० जना, असल ऋणि १० जना तथा कर्मचारी द्रोणचार्य दाहाललाई पुरस्कृत गरिएको थियो ।

पत्रकार खड्का सम्मानित

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

झापा जिल्लाको पश्चिम दक्षिणी क्षेत्रमा रही संघ संस्था हरुका खवरहरु संचारमाध्यबाट प्रकाशित गरी सहयोग गरेको भन्दै पत्रकार झगेन्द्र खड्कालाई सम्मान गरिएको छ । पूर्व सँन्देश दैनिक तथा सप्तरंगी एफ.एम. गौरादह समाचार दाता खड्कालाई प्रमाणपत्र र दोसल्ला ओडाई सम्मान गरिएको हो । विगत लामो समय देखि यस क्षेत्रका विविध समाचारहरु प्रकाशन तथा प्रसारणमा महत्वपूर्ण योगदान पु¥याएकोमा उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको हो

संस्थाका अध्यक्ष अमरदास सिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अम्मरबहादुर बिष्ट, संस्थाका सल्लाहकार संयोजक प्रेम दंगाल, धितो मुल्याङ्कन उप–समिति सदस्य सूर्यभक्त सिटौला , महिला उप–समिति सदस्य अप्सरा लामिछाने लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव दिननाथ कडरियाले गरेका थिए ।

तपाईको प्रतिक्रिया