Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

 

काठमाडौं ÷ हलमा नयाँ नेपाली फिल्म कुरेका दर्शक निराश भएको दुई हप्ता भइसकेको छ। मंसिर १ गते निशा अधिकारीले निर्माण गरेको फिल्म ’झ्यानाकुटी’ रिलिज भयो। त्यसपश्चात कुनै नाम सुनिएका फिल्म हलमा छैनन्। आफ्नो फिल्म प्रदर्शन गर्न हानथाप गर्ने निर्माता निर्देशकहरू यो महिना भने चुप बसेका छन्।  किन रिलिज भएनन् फिल्म?

देश अहिले चुनावमय बनिरहेको छ। चुनावको प्रत्यक्ष प्रभाव फिल्म प्रदर्शनमा पनि देखिन्छ। वितरक तथा निर्हमाताहरू यस महिना फिल्म रिलिज नहुनुको कारण भनेको चुनाव नै भएको बताउँछन्। वितरक गोपालकाजी कायस्थ भन्छन्, ’यो महिना फिल्म रिलिज नहुनुको कारण चुनाव नै हो। सबै जना चुनावमा व्यस्त हुन्छन्, फिल्म हेर्न को जाने हलमा?’ सबै दर्शकको ध्यान फिल्ममा नभई चुनावतिर नै हुने उनको बुझाइ छ। त्यस्तै, अर्का वितरक गोविन्द शाहीले पनि फिल्म रिलिज नहुनुको एक मात्र कारण चुनाव भएको बताए। उनले भने, ’राजनीतिको पूरा असर फिल्ममा परिरहेको हुन्छ। सबै दर्शक चुनावी प्रचारमा व्यस्त हुन्छन्।

त्यसैले यो बेला फिल्म रिलिज गरेर निर्मातालाई डुब्नु छैन।’ ’पद्मावती’को डर पनि थियो कि?  यही महिना बलिउडको प्रतीक्षित फिल्म ’पद्मावती’ रिलिज हुने भनिएको थियो। तर अन्तरिक विवादले गर्दा यस फिल्मको रिलिज मिति पछि सरेको छ। ’पद्मावती’ रिलिज हल्लाले गर्दा पनि उक्त फिल्मको चेपाइमा पर्ने डरले निर्माताले फिल्म रिलिज गर्न डराएका हुन् कि भन्ने अनुमान पनि गरिएको थियो। तर त्यसो नभएको वितरक बताउँछन्। गोपालकाजी भन्छन्, ’पद्मावतीले हामीलाई केही असर गर्दैन। त्यो हिन्दी फिल्म हो, हाम्रो नेपाली अनि के मतलव भयो त?’ त्यस्तै गोविन्द शाही अहिले बलिउड फिल्मसँगै जुध्दै आइरहेका ले ’पद्मावती’सँग डराउनुपर्ने कारण नभएको बताउँछन्।

रिलिज भएका सबै फ्लप मंसिर १ गते ’झ्यानाकुटी’पश्चात ८ गते शुक्रबार फिल्म ’जुन त लाग्यो ताराले’ रिलिज भयो। यस फिल्मले पानीसमेत मागेन। त्यस्तै, गत शुक्रबार अर्थात मंसिर १५ बाट फिल्म ’फिक्का’ र ’कन्फ्युजन’ रिलिज भए। तर फिल्मले हल पाउनै गाह्रो भयो। यी फिल्मले जति हल पाए, ती हलमा दर्शक भने पाएनन्। अबको शुक्रबार अर्थात् मंसिर २२ गते फिल्म ’दिपज्योति’ प्रदर्शनमा आउँदै छ। तर उक्त फिल्मले पनि हलमा दर्शकको साथ पाउँछ भन्न सकिने अवस्था छैन।   यो महिना फिल्म रिलिज नहुनुको सिधा फाइदा पुराना फिल्मलाई पुगेको छ। हलबाट बाहिरिइसकेका फिल्महरूले अहिले मल्टिप्लेक्स हलमा समेत शो पाइरहेका छन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments