Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

  काठमाडौ ÷ निर्वाचनका कारण अहिले दैनिक पाँच करोडसम्म फूलको कारोबार भएको छ। अन्य समयमा दैनिक दुई करोड फूलको कारोबार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोबारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ६० प्रतिशत हुन्छ। अन्य समयमा दैनिक प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि हरेक वर्ष फूलको माग बढेकाले स्वदेशी उत्पादनले मात्र धान्ने अवस्था भने छैन। अझै पनि १८ प्रतिशत फूल भारतबाट ल्याउनुपर्ने बाध्यता छ। घरदैलो, चुनावीसभामा नेताकार्यकर्तालाई लगाउनका लागि निर्वाचनका समयमा फूलको बढी प्रयोग भएको छ। अघिल्ला वर्षमा एक अर्ब ७१ करोडको वार्षिक कारोबार हुने गरेकामा चालु आवमा भने फूलको माग बढेकाले दुई अर्ब नाघ्ने भएको छ।

वार्षिकपमा सबैभन्दा बढी सयपत्री फूलको  १० करोडको वार्षिक कारोबार हुने गरेको छ। यस वर्षको तिहारमा मात्रै देशभर गरी ११ लाख वटा मालाको कारोबार भएको छ। गत वर्ष तिहारमा आठ लाख मालाको कारोबार भएकामा यस वर्ष तीन लाख वृद्धि भएको छ जसमा नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका थिए। काठमाडौं उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ। तिहारमा मात्र वार्षिक  सात करोडको फूलको कारोबार हुँदै आएको छ।

त्यसैगरी करिब पाँच करोडको फूल वार्षिक पमा आयात हुने गरेको छ। खासगरी कात्तिकदेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एशोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए। प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ। अष्ट्रेलिया र मलेसियामा नेपाली बसोबास गर्ने गरेकाले तिहारका समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुने गरेको छ।

नेपालमा विसं २००७ देखि शु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ। फूलको मागमा भएको वृद्धिसँगै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प खेती तथा नर्सरी विस्तार भइसकेको छ। सो व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन्।

नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन हुन्छ। व्यावसायिक पमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ। फूल विशेषगरी वैशाख, असार, असोज, कात्तिक, मंसिर, माघ र फागुन महिनामा बढी कारोबार हुने गरेको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments