Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

पत्रपत्रिका, खबर

काठमाडौं, २१ वैशाख २०७७ । नेपालसहित विश्वभर प्रेससँग सम्बन्धित निकायले आइतबार प्रेस स्वतन्त्रता दिवस आआफ्नै ढंगले मनाउँदै छन् ।

विश्वका लोकतान्त्रिक मुलुकहरुमा प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिइन्छ । प्रेस स्वतन्त्रताबिना लोकतन्त्र सुदृढ हुन सक्दैन भन्ने मान्यताअनुसार लोकतान्त्रिक मुलुकहरुले प्रेस स्वतन्त्रतालाई विशेष महत्त्व दिएका छन् ।

रिपोर्टर विदआउन बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरुमध्ये ११२ औं स्थानमा पुगेको छ ।

आरएसएफले सञ्चारसम्बन्धी प्रस्तावित कानुनहरु र सरकारका प्रतिनिधिहरुले प्रेसका बारेमा गर्ने टिप्पणीहरुलाई आधार मानेर प्रेस स्वतन्त्रताको स्थिति मुल्यांकन गर्ने गर्छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया