Online Bichar
शुक्रबार, आश्विन ०२, २०८३ | Friday, September 18, 2026

काठमाडौं, २ असोज २०८३ । सरकारले विभिन्न १३ देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकासहित १३ देशका राजदूत नियुक्ति लागि सिफारिस गरेको हो।

परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरुलाई राजदूत नियुक्तीको लागि सिफारिस गरेको जानकारी दिए। अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाईको लागि पठाउने छ। संसदीय सुनुवाई सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ। अग्रिमा आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन्।

 

प्रस्तावित राजदूतहरू

१. डा. निश्चलनाथ पाण्डे — भारत का लागि प्रस्तावित राजदूत
२. डा. कल्याणराज शर्मा — चीनका लागि प्रस्तावित राजदूत
३. चिरनजंग थापा – संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा (अवकाशप्राप्त) — संयुक्त अधिराज्य (यूके) का लागि प्रस्तावित राजदूत
५. जिग्यान कुमार थापा- जापानका लागि प्रस्तावित राजदूत
६. सुरेशकुमार कर्ण-इजरायलका लागि प्रस्तावित राजदूत
७. प्राप्ति शेरचन-स्पेनका लागि प्रस्तावित राजदूत
८. शारू जोशी — जर्मनीका लागि प्रस्तावित राजदूत
९. डा. पद्माक्षी राणा — ओमानका लागि प्रस्तावित राजदूत
१०. चूडामणि खरेल — मलेसियाका लागि प्रस्तावित राजदूत
११. प्रा.डा. सङ्गम श्रेष्ठ — दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत
१२. डा. मंचल झा — श्रीलंकाका लागि प्रस्तावित राजदूत
१३. गिरीबहादुर सुनार — साउदी अरेबियाका लागि प्रस्तावित राजदूत

तपाईको प्रतिक्रिया