Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

झापा,साउन २० । झापा जिल्लाको पश्चिम दक्षिण सिमावर्ती गाउपालिका गौरीगंज गाउँपालिकाले आज आर्थिक वर्ष ०७५र०७६को वजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको सभा हलमा आयोजित दोस्रो गाउँ सभाबाट पारित नीति योजना तथा बजेट ४४ करोड ८२ लाख ४८ हजार रुपैयाँ सार्वजनिक गरेको हो ।

गापाले चालु आर्थिक वर्षका लागि कृषि तथा पशु बिकासमा १ करोड ४७ लाख‚ पर्यटन बिकासमा २५ लाख‚उद्योग बाणिज्यमा १० लाख शिक्षामा १ करोड‚ स्वास्थ्यमा २५ लाख‚ खाने पानी तथा सरसफाइमा २० लाख‚लैँगिक समानता तथा सामाजिक समावेशीकरणमा ६८ लाख युवा तथा खेलकुदमा २० लाख रुपैया बिनियोजन गरेको छ । त्यसै गरि पुर्वाधार बिकाश मा १५ करोड ८३ लाख‚ वाताबरण तथा बिपद ब्यवस्थापनमा १ करोड ६५ लाख‚ सँस्थागत बिकाश तर्फ १ करोड ७० लाख रुपैया बिनियोजन गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दिपिन्दं्र थापाले विस्तृतरुपमा वजेट पुस्तिका वाचन गरी सार्वजनिक गरेका थिए । त्यसैगरी गाउँपालिकाकाको वडा नं. १ लाई ८० लाख, वडा नं. २ लाई ७२ लाख, वडा नं. ३ लाई ६४ लाख, वडा नं. ४ लाई ६० लाख, वडा नं. ५ लाई ६० लाख र वडा नं. ६ लाई ६४ लाख रुपैया बजेट सिलिङ्ग तोकेको छ ।

प्रत्येक नागरिकले सुचना पाउँन भन्ने उद्येश्यले गाउँपालिकाकाले आज देखि गौरीगंज गाउँपालिका एप्पस शुरु गरेको छ । एप्पस डाउनलोड गरी गाउँपालिकाको गतिविधिबारे थाहा पाउन सकिन्छ । एप्स सार्वजनिक गर्दै सुचना अधिकृत सुमन थापाले नागरिक वडा पत्र देखि लिएर बिकास निर्माणका काम तथा हरेक सुचनाहरु सो एप्समा राखिने कुरा बताएका छन् ।

उपभोकता समितीहरुमा देखिएको समस्याप्रति मध्यनजर गरि यस पटक देखि गाउपालिकाले ५ लाख भन्दा माथिका बजेटका सवै खाले योजनाहरु टेण्डर प्रकृया बाट इजाजत प्राप्त निर्माण कम्पनी मार्फत गराउने भएको छ ।

कार्यक्रममा इलाका प्रसासन कार्यालयका प्रमुख यज्ञ प्रसाद आचार्य‚ गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत राजकुमार शाक्य‚ बिभिन्न सुरक्षा निकायका प्रतिनिधिहरु जनप्रतिनिधिहरु बिभिन्न शाखा कार्यालयका प्रमुखहरु प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु लगायत सर्वसाधारणहरुको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन नासु बिरेन्द्र खड्काले गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments