Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, गौरादह– ७ स्थित ग्वालडुब्बामा आधारभुत तथा लेखा ब्यवस्थापन सम्बन्धि सात दिने तालिम सुरु भएको छ ।

महिला तथा बालबालिका कार्यलय झापाले मंगलबार आयोजना गरेको तालिममा गौरादह नगरपालिका वाड नं ७ र ८ भित्रका तीस जना महिलाहरु सहभागि भएका छन् ।

गौरादह नगरपालिका कार्यलय महिला विकास शाखाले संयोजन गरेको तालिममा गौरादह नगरपालिकाका कर्मचारी खड्गबहादुर थापा र महिला विकास निरिक्षक मिरा भट्टराईले सहजिकरण गरिरहेका छन् ।

त्यस अवसरमा महिला विकास कार्यक्रमको उदेश्य, कार्यन्वयन, विधि र भविष्यको सोच, समुहकार्य, बैठक निर्णय प्रक्रिया, चारखाता अभिलेख, परिवार नियोजनको महत्व, महिला हिंसा, कानुनी अधिकार, चेलीबेटी बेचविखन र सहकारी लेखा ब्यवस्थापन विषयमा सहजिकरण गरेका छन् ।

तपाईको प्रतिक्रिया