Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, युवा एकल महिला समुह झापाले एकल महिलाहरुलाई उन्नत जातका बाख्रा बितरण गरेको छ ।

गौरादह नगरपालिका पशु सेवा शाखाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि तथा नगरपालिकाका मेयर रोहितकुमार शाहाले प्रत्यक वडाबाट तीन जनालाई २७ वटा बाख्रा बितरण गरेका हुन् ।

बाख्रा बितरण गर्दै मेयर शाहाले एकल महिलाहरु लाई आत्मनिर्भर बनी आयआर्जन गर्न सहज बनाउने उदेश्यले बाख्रा वितरण गरेको बताए । युवा एकल महिला समुह अध्यक्ष मिरा भट्टराईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस अवसरमा उपमेयर गीता भेट्वालले कार्यक्रमको औचित्य र प्रभावकारिता बारे प्रकाश पारेकी थिइन् । गौरादह नगर पशु सेवा शाखाका गणेश ओझा, कर्मचारी कृष्ण भट्टराई, वार्ड नं १ र ३ का वार्ड अध्यक्षहरु नगेन्द्र भण्डारी र गजेन्द्र घिमिरेले शुभकामना मन्तब्य राखेका थिए । आयोजक संस्थाकी सचिव मैया आचार्यले कार्यक्रम संचालन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया