Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, जेठ २ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको पाठ्याक्रम मस्यौदा सार्वजनिक गरेको छ ।
नयाँ संरचनाअनुसार परिमार्जन गरिएको विद्यालय शिक्षाको कक्षा १ देखि १२ को पाठ्यक्रमको मस्यौदा छलफल र रायसुझाव संकलनको लागि सोमबार सार्वजनिक गरिएको हो ।

विषय क्षेत्रगत विज्ञको संलग्नतामा समयानुकुल विद्यालय तहको पाठ्यक्रम निर्माण गरेका हौँ, केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले भने, मस्यौदालाई अन्तिम रुप दिन रायसुझाव संकलनका लागि सार्वजनिक गरिएको हो ।

केन्द्रका अनुसार जेठ ३ सम्म रायसुझाव संकलन गरेर राष्ट्रिय पाठ्यक्रमको प्रारुपलाई अन्तिम रुप दिईनेछ ।
साउन बाट कक्षा ११ को पठनपाठन शुरु हुँदैछ तर कस्तो पाठयक्रम हुने अहिले सम्म निश्चित नहुँदा सरोकारवालाहरुमा अन्यौलता छ ।

तपाईको प्रतिक्रिया