Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

देबेन्द्र खड्का

आउनु नि दिदी आउनु है दाजु महोत्सव वर्षमा,
नाच्दै र गाउदै रमाउला हामी मिलेर हर्षमा।
विर्सेका छैनौ दिदी र दाजु गुरुवर जनलाई,
नमस्कार गर्छौ मान सम्मान गर्छौ पवित्र मनलाई ।

विध्या कि खानी ज. मा. वि. तिमी अनन्त अटल,
ज्योतिको किरण छरेर यहाँ बनायौ झलमल ।
देशैको लागि सत्कर्म गर्ने तिम्रै हुन सन्तति,
उघारी आँखा हेरी देउ आमा सबैको उन्नती ।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
श्रद्धा र विश्वास, भरोसा सधै गर्नेछौं आमाको,
नजर दिनु हे आमा तिमीले यो हाम्रो कामको ।
देउ शक्ति हामीलाई गर्नुछ पूरा आमाकै सपना,
विर्सन्नौ कहिल्यै बाँचुन्जेल जहिल्यै नाम तिम्रो जपन ।

आउनु दिदी आउनु है दाजु महोत्सव वर्षमा,
नाच्दै र गाउदै रमाउला हामी मिलेर हर्षमा ।
विर्सेका छैनौ दिदी र दाजु गुरुवर जनलाई,
मान सम्मान सदा राख्द्छौ हामी अग्रज जनलाई।।

पूर्व विद्यार्थी ,जमावि गौरादह १

तपाईको प्रतिक्रिया