Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौं,फागुन २३ (पत्रपत्रिका ) । एमाले र माओवादी केन्द्रको एकतापछिको एकीकृत पार्टीले केन्द्र प्रदेश हुँदै वडाभन्दा तलसम्मै सांगठनिक संरचना निर्माण गर्ने भएका छन् । एकीकृत पार्टीको केन्द्रमा ३ वटा आयोग रहनेछ भने प्रदेशमा पनि आयोग गठनको प्रतिवेदन तय भएको छ ।

आजको राजधानीमा खबर छ-दुई ठूला पार्टीको एकीकरणपछि नयाँ पार्टीको केन्द्रीय सदस्य ३०१ जनाको रहने भएको छ । एमाले र माओवादी केन्द्रले एकताको विषय टुंग्याउन प्रतिवेदन लेखनका लागि गठन गरेको कार्यदलमा ३०१ सदस्यीय केन्द्रीय सदस्य, ९९ जनाको पोलिटब्युरो र २३ सदस्यीय स्थायी समिति सदस्य रहनेगरी छलफल चलेको छ ।

तपाईको प्रतिक्रिया