Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, फागुन २२ । नेपालबाट हराएका ११ औं र १२ औं शताब्दीका दुई मूर्तिहरू अमेरिकाबाट चैतको तेस्रो साता फिर्ता हुन लागेको पुरातत्त्व विभागले जनाएको छ।

उमामहेश्वर र ‍बुद्धका मूर्तिहरू अमेरिकाको न्यूयोर्क्स्थित मेट्रोपोलिटन कला संग्रहालयले त्यहाँस्थित नेपाली दूतावासमार्फत नेपाल पठाउन लागेको हो।

यी दुवै मूर्तिहरू नेपालबाट सन् १९८० को दशकमा नेपालबाट चोरी भएको बताइएको छ।

फिर्ता हुन लागेका मूर्तिमध्ये पाटनको टंगालहिटीमा स्थापति उमामहेश्वर १२औँ देखि १३औँ शताब्दीमा बनेको र काठमाडौँ‍मा स्थापित बुद्धको उभिएको पूर्णकदको मूर्ति ११औँ शताब्दीमा बनेको विभागले जनाएको छ।

पुरातत्त्व विभाग‍का अनुसार नेपालबाट चोरी भएका पुराना मूर्तिहरू पछिल्ला वर्षहरूमा फिर्ता हुने क्रममा बढेको छ।

नेपालको पुरातत्त्व विभागमार्फत् ती दुई मू्र्ति नेपालबाटै लगिएका हुन भन्ने पुष्टि भएपछि उक्त संग्रहालयले ती मू्र्ति नेपाली दूतावासमार्फत् नेपाल पठाउन लागेको हो।

‘संग्रहालयले हामीलाई ती मूर्तिको आधिकारिकता सोधेर पत्र पठायो। हामीले हाम्रै हुन् भनेर दाबी गरिसकेपछि ती मूर्तिहरू नेपाली दूतावासमार्फत् नेपाल फिर्ता हुन लागेका हुन्, विभागका महानिर्देशक भेषनारायण दाहालले भने।

नेपालबाट चोरिएका मूर्तिहरू अनेक माध्यमबाट विभिन्न देशका संग्रहालयमा पुग्ने गरेका छन्।

ती मूर्तिहरू नेपाल फर्किएपछि छाउनीस्थित राष्ट्रिय संग्रहालयमा प्रदर्शनीमा राखिने दाहालले बताए। बीबीसी

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments