Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

झापा । एसईई परिक्षा दिने बिपन्न बिद्यार्थीहरुलाई लक्षित गरि कोचिला शिक्षक फ्रन्टले आजदेखि खजुरगाछी माबिमा निशुल्क ट्युशनको ब्यवस्था गरेको छ ।

राजवँशी महिला समाजको आर्थिक सहयोगमा फ्रन्टले सो निशुल्क ट्युशन कक्षा सँचालन गरेको हो ।
एक औपचारिक कार्यक्रमको आयोजना गरि शुरु गरिएको सो ट्युशनमा यस क्षेत्रका जुन सुकै विद्यालयमा अध्ययनरत बिपन्न बिद्यार्थीहरु पनि समाबेश हुन सक्ने कुरा आयोजक मध्येका कोचिला महिला फ्रन्ट की सनम राजवँशीले बताईन् ।

कार्यक्रममा प्रमुख आतिथ्य राजवँशी महिला समाजकी उपाध्यक्ष रत्ना राजवँशीले गरेकी थिइन् भने सभापतित्व कोचिला शिक्षक फ्रन्ट गौरीगँजका सह सचिव खेमराज ताजपुरियाले गरेका थिए ।

निशुल्क ट्युशन कक्षामा शिक्षकद्वय बरुण राजवँशीले गणित र सहदेब ताजपुरियाले अँग्रेजी बिषय पढाउने छन् । कोचिला न्युजबाट 

तपाईको प्रतिक्रिया