Online Bichar
शनिबार, बैशाख २२, २०८१ | Saturday, May 4, 2024

काठमाडौं, पुरुष र महिलाको सम्वन्ध अत्यन्तै गाढा र मधुर हुन्छ । पुरुष र महिलको सम्वन्ध राम्रो र नराम्रो हुनुले घर र समाजकै प्रगति र उन्नतीमा विकास र वाधा उत्पन्न हुन्छ । पुरुषले महिलाबाट र महिलाले पुरुषबाट के चाहेका हुन्छन् भन्ने कुरा सजिलै बुझ्न गाह्रो हुन्छ । तर पनि हरेक पुरुषले महिलाबाट के अपेक्षा गर्दछन् यहाँ अध्ययन गरौं ।

अघिकांश पुरुष महिलाबाट आफू के चाहन्छन्, भन्न हिच्किचाउँछन् । तर, त्यसको अपेक्षा भने राखिरहन्छन् । अपेक्षा पूरा नहुँदा व्यवहार पनि बदलिने गरेका उदाहरण धेरै छन् । जानौँ, के चाहन्छन् पुरुषहरू महिलाबाट

प्रोत्साहन – पुरुषहरू प्रोत्साहनका निकै प्यासी हुन्छन् । आफूले माया गर्ने व्यक्तिले आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरूको इच्छा हुन्छ । त्यस्तै, आफूलाई विश्वास गर्ने पुरुषहरू निकै मन पराउँछन् । महिलाको साथले पुरुषको इच्छाशक्ति नै परिवर्तन गर्न पनि मद्दत पुर्‍याउँछ ।

सम्मान – पुरुषलाई सम्मान निकै प्यारो लाग्छ । तर, यो कुरा उनीहरू भन्दैनन् । त्यसैले उपयुक्त विषय र समयमा कुरामा सम्मान व्यक्त गर्न नचुक्नुहोस् ।

प्रशंसा – प्रशंसा पुरुषको पनि प्रिय हुन्छ । तर, झुटो प्रशंसा गर्नाले फाइदा गर्दैन । राम्रो कुराको तारिफले सम्बन्धलाई सुमधुर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।

स्वतन्त्रता – स्वतन्त्रता पुरुषलाई निकै प्रिय लाग्छ । यसको अर्थ उनीहरूलाई एक्लै छाडिदिने भन्ने होइन । तर, केही काम आफ्नै खुसीले गर्न चाहन्छन् भने त्यसमा हस्तक्षेप नगर्दा खुसी हुन्छन् । त्यस्तै उनीहरूलाई आफ्ना साथीहरूसँग समय बिताउन दिनुहोस् ।

साथ – पुरुषहरू महिलाको साथ निकै मन पराउँछन् । उनीहरूलाई प्रिय लाग्ने क्रियाकलापमा महिलाको सहभागिता खोज्छन् ।

मधुर आवाज – पुरुषहरू महिलाले सुरिलो आवाजमा बोलेको मन पराउँछन् । महिलाको मधुर आवाजले पुरुषलाई प्रभावित पार्न र शान्त बनाउन पनि धेरै मद्दत गर्छ । कदर स् आफूले गरेको कामको कदरको अपेक्षा पुरुषको स्वाभाव हो । आफ्नो काममा धन्यवाद मात्रै पाए पनि उनीहरू फुरुंग हुन्छन् ।

तपाईको प्रतिक्रिया