Online Bichar
शनिबार, जेठ ०५, २०८१ | Saturday, May 18, 2024

काठ्माडौं,  ३०  असार  ।  शारीरीक तथा मानसिक रोगका कारण नियमित काम गर्न नसक्ने निजामती कर्मचारीले ७ वर्ष सेवा अवधि थप गरी अनिवार्य अवकाश पाउने भएका छन्।

सरकारको गठन गरेको मेडिकल बोर्डले प्रमाणित गरेमा यस्ता निजामती कर्मचारीको सेवा अवधिमा ७ वर्ष थपेर अनिवार्य अवकाश दिन सांसदहरू सहमत भएका हुन्।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा यस्ता निजामती कर्मचारीलाई उनीहरूले योगदान गरेकोमा थप ७ वर्षको सुविधा थपेर उपदान दिन सांसद सहमत भएका हुन्।

निजामती सेवा ऐन, २०४९ मा रहेको व्यवस्थालाई निरन्तरता दिने यो विधेयकको प्रस्तावलाई संसदीय समितिले पारित गरेको हो। निजामती सेवा ऐन, २०४९ को दफा ३४ ९क० मा ुनिजामती कर्मचारी शारीरिक वा मानसिक रोगको कारणबाट नियमित रूपमा सेवा गर्न असमर्थ छ भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट प्रमाणित भई आएमा नेपाल सरकारले निजलाई निजको सेवा अवधिमा बढीमा सात वर्ष सेवा अवधि थप गरी अवकाश दिन सक्नेु व्यवस्था छ। यो व्यवस्थालाई यो विधेयकमा पनि निरन्तरता दिएको हो।

तर सेवा अवधि २० वर्ष पुग्न लागेका कर्मचारीको हकमा भने पेन्सन हुने समयसम्म मात्रै थप गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए।

‘पेन्सन हुने बेलामा कुनै कर्मचारी शारीरिक रूपले सेवामा असमर्थ भयो भने पेन्सनसम्मको अवधि मात्रै थपिन्छ’, उनले भने, ‘सात वर्ष सेवा अवधिको उपदान दिनेचाहिँ सात वर्ष थप्दा पनि पेन्सन अवधि नपुग्नेलाई हो।’अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया