Online Bichar
मंगलबार, आश्विन २०, २०८३ | Tuesday, October 6, 2026

डण्डिराज घिमिरे “बिबेक”

१
जलमा धनी
उच्व सगरमाथा
सारा गरिब ।

२
रुझेको आँखा
चोइटिएको चित्त
मृत्यु पो जित्यो ।

३
अंधेरी भित्र
जुनकिरी चिराग
शिखर ताक्छ ।

४

आशाको मन
भरोसाको भित्तामा
छियाछिया भो ।

५
हर्षका ओठ
उत्साहका पाइला
पर्खाई भित्र ।

६
सलाइ काँटी
ओसिएको बारुद
झिल्को रोज्दैछ ।

७
इन्द्रेणी मार्ग
सफलता र जीत
क्षितिज पारी ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments