Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं , मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भइरहेका बेला बैंकिङ क्षेत्र भने अस्थिर बनेको छ।

पछिल्लो समय हरेक साता जसो बैंकमा कहिले तरलता अभाव र कहिले अधिक तरलता भई यो क्षेत्र अस्थिर बनेको हो। तरलता अभाव सहज बनाउन राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आइतबार पठाउने निर्णय गरेको थियो। तर, बैंकहरूले भने दुई अर्ब ६३ रुपैयाँ मात्र लिए।

गत बुधबार १० अर्ब पठाउँदा २२ अर्ब ६८ करोड रुपैयाँ बैंकले मागेका थिए। एक साता अघि गत आइतबार पाँच अर्ब पठाउँदा १९ अर्बको माग आएपछि राष्ट्र बैंकले तत्कालै १० अर्ब पठाउने निर्णय गरेको थियो।

अहिले बैंक तथा वित्तीय संस्थामा ५१ अर्ब तरलता भएको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए। ‘बजारमा एक्कासी अधिक तरलता देखियोु, उनले भने, ‘ब्याजदर करिडोर तल्लो विन्दु तीन प्रतिशतमा झरेको छ। तीन प्रतिशतभन्दा तल ब्याजदर ओर्लिनुको संकेत बजारमा अधिक तरलता हुनु हो।

राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेर अल्पकालीन ब्याजदरको सात प्रतिशत अधिकतम र तीन प्रतिशत तल्लो सीमा निर्धारण गरेको छ। राष्ट्र बैंकले तोेकेको उक्त ब्याजदरको मध्यविन्दु भने पाँच प्रतिशत हो। ब्याजदर घटेर तीन प्रतिशतभन्दा तल ओर्लिएपछि राष्ट्र बैंकले बजारबाट तरलता खिच्न थाल्छ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्र लगानीयोग्य पुँजी बढाउन सहजीकरणका लागि राष्ट्र बैंक र अर्थ मन्त्रालय पुगेका थिए। लगानीयोग्य पुँजी अभाव भएको भन्दै निर्णय भएका कर्जामा थोरै रकम दिए पनि नयाँ कर्जा दिन सकेका थिएनन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments