Online Bichar
बुधबार, बैशाख १६, २०८३ | Wednesday, April 29, 2026

काठमाडौं, १६ वैशाख २०८३ । नेपाली सेनाले सुकुम्वासीहरूको विवरण संकलन गर्ने कार्य सम्भावित विपद् जोखिम नक्सांकनका लागि गरिएको स्पष्ट पारेको छ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका विभिन्न समाचारप्रति ध्यानाकर्षण गराउँदै यस्तो जानकारी दिएको हो। विज्ञप्तिमा भनिएको छ कि स्थानीय युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपद्का घटनामा उद्धार, राहत वितरण र पुनर्स्थापनालाई सहज बनाउन आवश्यक तथ्यांक अद्यावधिक गर्ने उद्देश्यले विवरण संकलन गरिएको हो।

सेनाका अनुसार विगतका विपद्का घटनालाई आधार मानेर आगामी वर्षायामलाई ध्यानमा राख्दै बाढी, पहिरो, डुबान तथा नदी कटानबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न यस्तो तयारी गरिएको हो।

सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै मानवीय तथा भौतिक क्षति घटाउने उद्देश्यसहित विपद् पूर्वतयारीका कार्यक्रम अघि बढाइएको पनि सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया