Online Bichar
सोमबार, बैशाख ०७, २०८३ | Monday, April 20, 2026

काठमाडौं, ६ वैशाख २०८२ । विश्वविद्यालयहरूको परीक्षा नतिजा सार्वजनिक भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गरिने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल को निर्देशनपछि देशभरका विश्वविद्यालयका उपकुलपतिहरूले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सहमति जनाएका हुन्।

निर्णयअनुसार अब विद्यार्थीहरूले नतिजा सार्वजनिक भएको १५ दिनभित्रै ट्रान्सक्रिप्ट प्राप्त गर्न सक्नेछन्। यसका लागि विश्वविद्यालयहरूले आवश्यक डिजिटल प्रणाली विकास गर्नेछन्।

विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्रलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यले विश्वविद्यालयहरूले १५ दिनभित्रै आवश्यक एप वा पोर्टल तयार गरी नागरिक एप सँग जोड्ने निर्णय गरिएको छ।

यससँगै परीक्षा नतिजालाई पूर्वानुमानयोग्य र पारदर्शी बनाउन ‘नतिजा पोर्टल’ निर्माण गरिनेछ। उक्त पोर्टलले परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित, छरितो र समयबद्ध बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया