Online Bichar
आइतबार, भाद्र ०७, २०८३ | Sunday, August 23, 2026

काठमाडौं, ६ वैशाख २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई खटाउने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले प्रत्यक्ष प्रतिनिधित्व नभएका निर्वाचन क्षेत्रमा पनि पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने उद्देश्यसहित समानुपातिक सांसदलाई जिम्मेवारी दिने निष्कर्ष निकालेको जनाएको छ।
जिल्ला र निर्वाचन क्षेत्रअनुसारको विस्तृत जिम्मेवारी सूची भने सोमबार बस्ने केन्द्रीय समिति बैठकबाट पारित गरिनेछ।

गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले कुल १८२ सिट जितेको थियो। जसमध्ये प्रत्यक्षतर्फ १२५ सिट र समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको थियो। पार्टीको यो निर्णयले सबै क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गर्दै संगठन विस्तार र जनसम्पर्क सुदृढ गर्ने लक्ष्य लिएको बताइएको छ।

तपाईको प्रतिक्रिया