Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

झापा – झापाको एक सहकारीले आज सुक्रबार सेयर सदस्य कृषकहरुलाई रासायनिक मलको प्रयोगबारे सचेत गराएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यलय बिर्तामोडको आयोजना तथा बिकल्प उपभोक्ता सहकारी गौरादहको स्थानीय ब्यवस्थापनमा सम्पन्न “ रासायनिक मल सम्बन्धि कारोवार गर्ने डिलर तथा उपभोग गर्ने कृषक स्तरीय सचेतना कार्यक्रम” मार्फत गौरादहका ५२ अगुवा कृषकहरुलाई सचेत गराईको हो ।

नेपाल सरकारले युरिया, डिएपी तथा पोटासमा अनुदान दिने नीति बमोजिम कृिष सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट डिलर मार्फत कृषक समक्ष बिक्रि बितरण गर्दै रहेको छ । तर ती मलहरुको मात्र लामो प्रयोगले माटोको उर्बरा क्षामता बिग्रिएको हुनाले माटाको उपचार होस् भनेर माटाको खाद्यतत्व सन्तुलनका लागि साल्ट ट्रेडिङले थप दुई प्रकारका मल बजारमा ल्याएको आयोजकले बताएको छ ।

एमोनियम सल्फेट र सिंगल सुपर फस्फेट यी दिुई मलले बिग्रिएको माटोको सुधारमा सहयोग पुर्याउने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यलय बिर्तामोडका देबराज भट्टराईले जानकारी गराएका थिए । कायर्यक्रममा जिल्ला कृषि विकास कार्यलय झापाका अधिकृत रोशन मेहेताले सचेतना कक्षाको सहजिकरण गरेका थिए ।

उद्योग बणिज्य संघ गौरादहको सभा हलमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि गौरादहनगरपालिकाका मेयर रोहितकुमार शाहले प्राङ्गारिक मलको प्रयोगमा जोड दिन कृषकहरुलाई सुझाएका थिए ।

कार्यक्रममा सहकारीका सल्लाहाकार सदस्य शुरेस बहादुर पौडेल , कृषि सेवा केन्द्र गौरादहका अधिकृत प्रदिप श्रेष्ठ लगाएतले बिषय सम्बन्धि धारणा राखेका थिए । सहकारीकी सदस्य निर्मला रिमालको स्वगत तथा संस्थाकी उपाध्यक्ष गंगाकुमारी कार्कीको संचालन रहेको सो कार्यक्रम संस्थाका अध्यक्ष प्रभुनाथ गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया