Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौँ, नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवा लगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।

महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरे ।

विज्ञप्तिमा भनिएको छ, “निर्माण सामग्रीमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को मूल्यवृद्धिका कारण देशभरका निर्माण कार्य प्रभावित भई लागत समेत बढ्ने भएकाले व्यवसायी ठूलो मारमा परेका छन् ।”

महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजनको व्यवस्थालाई कडाइका साथ लागू गराई निर्माणमा व्यवसायीले विना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्यसूची बमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments