Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

लक्ष्मी प्रसाद कोइराला

कालीगोरी जस्ती हुन्छे छोरी चाहियो,
छोरोहुँदा प्रधानमन्त्री धेरै दुख पाइयो।

मेचीकाली सेरोफेरो हाम्रो नेपाल राम्रो
नचिनेर श्रीखण्डलाई धेरै दुख पाइयो।
गमलामा फूल रोप्ने हाम्रा दिदीबहिनी
हुनु पर्छ प्रधानमन्त्री धेरै दुख पाइयो।
काम गर्ने कालू अनि मकै खाने भालु
उखान घोक्ता घोक्ता धेरै दुख पाइयो।
कालीगोरी जस्ती हुन्छे छोरी चाहियो
सुपर उपर म्यान हुँदा धेरै दुख पाइयो।
गौरादह, झापा
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments