Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

चालू आवको पहिलो महिनासम्म लगानीयोग्य पैसाको अभाव भएको बैंकिङ क्षेत्रमा पछिल्लो चार महिनामा ३४ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

गत वर्ष यसै समयमा बैंकमा लगानीयोग्य पुँजीको चरम अभाव थियो। बैंक तथा वित्तीय संस्थामा हाल ३४ अर्ब तरलता देखिएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए।

अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ’, उनले भने, ‘आगामी दिनमा पनि यसको चाप रहिरहने देखिन्छ।’ राजनीतिक दलले चुनावमा गरेको खर्च बैंकमा आइसकेको छैन। त्यो आएपछि तरलता अझ बढ्नेछ।

तरलता बढेसँगै स्थानीय तहमा सरकार गठन भइसकेको अवस्था भएकाले आर्थिक गतिविधि बढ्छ। ‘बैंकहरूले लगानीका बाटाहरू खोज्छन्’, उनले भने ,‘तरलता व्यवस्थापन हुन्छ।’

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments