Online Bichar
बुधबार, मंसिर ०३, २०८३ | Wednesday, November 18, 2026

गौरादह, १३ भदौ २०७८ । देशभर आज पनि कोरोना संक्रमित हुने भन्दा पनि डिस्चार्ज हुनेको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जना संक्रमित थप हुँदा एकैदिन २ हजार २ सय ६० जना डिस्चार्ज भएका छन् । पीसीआर परिक्षणबाट ७ हजार २ सय ५९ र एन्टिजेन परिक्षणबाट ३ हजार ३८ जना गरी कुल १० हजार २ सय ९७ जनामा कोरोना परिक्षण गर्दा १ हजार ३ सय ८८ जना नयाँ संक्रमित थप भएका हुन् । जसमा पीसीआर परिक्षणबाट १ हजार २ सय १४ र एन्टिजेन परिक्षणबाट १ सय ७४ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार आज नयाँ थपिएका कोरोना संक्रमितसँगै पीसीआर परिक्षणबाट संक्रमित हुनेको संख्या ७ लाख ५९ हजार २ सय २२ पुगेको छ भने, एन्टिजेन परिक्षणबाट ८२ हजार ९ सय ७१ पुगेको छ । यो सँगै नेपालमा संक्रमित हुनेको कुल संख्या ८ लाख ४२ हजार १ सय ९३ पुगेको जनाइएको छ । एकैदिन २ हजार २ सय ६० संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३.९ प्रतिशत पुगेको छ ।

यस्तै, आजसम्म पीसीआर विधिबाट ३८ लाख ९४ हजार १ सय ३७ जना र एन्टिजेन परिक्षणबाट ४ लाख ६१ हजार ४ सय ९९ जनाको कोरोना परीक्षण गरिएको छ ।

यस्तै, होम आइसोलेसनमा ३२ हजार ७ सय ४४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ५२ जना रहेका छन् । मन्त्रालयका अनुसार अहिले ६ सय २५ जना आई.सी.यु मा र १ सय ६७ जना भेन्टिलेटरमा रहेका छन् । ३ सय ४३ जना कोरोना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । सक्रिय संक्रमितको संख्या भने, ३५ हजार ७ सय ९६ पुगेको जनाएको छ ।

यस्तै, ५ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा झापा सहित २० जिल्ला रहेका छन् । २ सय भन्दा माथि उपचारार्थ संक्रमितहरु भएका जिल्लाहरुमा १९ जिल्ला रहेका छन् ।

यसैबीच, कोभिड-१९ का कारण बितेको २४ घण्टामा नेपालमा आज २४ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म पीसीआर परिक्षणका लागि सरकारी ५८ र निजी ३८ गरि ९६ वटा प्रयोगशालाहरु रहेका छन् ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments