Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026
गौरादह, ३१ भदौ । झापाको गौरादह ७ ग्वालडुब्बा स्थित नागबेली लघुवित्त वित्तिय संस्था शाखा कार्यालय जुरोपानी ले शेयर सदस्यहरुलाई वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
गौरीगंज शिवालय मन्दिर सभाहलमा आयोजना गरिएको साक्षरता कार्यक्रममा संस्थाका बचत तथा ऋण सदस्यहरु १ सय ५० जना सहभागी थिए। सहभागि सदस्यहरुलाई नागबेली लघुवित्त संस्थाका प्रबन्धक रघुनाथ सुवेदीले सहजीकरण गरेका थिए।
सहभागीहरुलाई वित्तिय कार्यक्रम अन्र्तगत संस्थाले प्रदान गर्ने सेवा प्रवाह, वित्तिय संस्थामा आबद्ध हुँदाका फाइदाहरु, संस्थाले हालसम्म सदस्यहरुलाई प्रवाह गरेका सेवाहरु, संस्थाले सन्चालन गरेका वित्तिय तथा गैरवित्तिय सेवा प्रवाह को समिक्षा, बचतका फाइदाहरु र स्थानीयबासीहरु बाट वित्तिय संस्थाहरुमा हेराईको दृष्टीकोण लगायतका विषयमा सहजिकरण गरेका थिए।
नेपाल राष्ट्र बैंक बाट घ वर्गको इजाजत प्राप्त नागबेली लघुवित्त संस्थाले १० जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेको छ।
संस्थाको जुरोपानी क्षेत्रमा १ हजार १ सय ५० शेयर सदस्य रहेको र ३ करोड ९० लाख हाल सम्म लगानी गरेको संस्थाका जुरोपानी शाखा प्रमुख तथा कार्यक्रमका सभापति षडेन्द्र प्रसाद त्रिखत्री ले जानकारी गराए।
त्यसअवसरमा गौरीगंज मावि का शिक्षक कर्मा शेर्पा, नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य पर्शुराम राजवंशी, अरुणोदय प्राविका प्रधानाध्यापक नरबहादुर कार्की, ग्वालडुब्बा युवा समूह अध्यक्ष भोला चक्रवर्ती र कर्मचारी सूर्य श्रेष्ठ ले शुभकामना मन्तव्य राखेका थिए।
तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments