Online Bichar
शनिबार, भाद्र ०६, २०८३ | Saturday, August 22, 2026

                                         खगेन्द्र नेउपपाने

पदको लागि महासयहरु
पत्रकार सामु रुन्छन्
पत्रकारहरु पनि प्रभु बनेको स्वाङमा
भित्र भित्रै गमक्क हुन्छन् ।

व्यञ्जना लक्षणामा
बिम्वमा प्रतिकात्मकतामा
अभिव्यक्त विचारहरुलाई
अभिधामा उरालेर
अन्तरङ्गमा बहिरङ्गमा
व्यवस्थित विषयलाई
एक अर्कामा बरालेर
पाठकहरुलाई दिग्भ्रमित बनाउँछन्
साँच्चै
पत्रकारहरु पनि प्रभु बनेको स्वाङमा
भित्र भित्रै गमक्क हुन्छन् ।

विषयको संगोपनीय महत्वलाई
छताछुल्ल च्यातेर
आस्थाका पुनरनिर्माणहरुलाई
धर्याक धुरुक उधारेर
वाच डग होइन बार्गेिनङ डगको
परिभाषामा रुपान्तरित बन्दैछन्
भर्खरै पल्लपलाउँदा आशाका तरङ्गहरुलाई
मर्याक मुरुक निमोठेर
एका बिहानै चिहानसम्म पुर्याउँदैछन्
पत्रकारहरु पनि प्रभु बनेको स्वाङमा
भित्र भित्रै गमक्क हुन्छन् ।

तर
पत्रकार देशका बुद्धिजीवि हुन
परिवर्तित समयका सापेक्षता
देशलाई असल मार्गदर्शन गर्ने जिम्बेवारी
उनको पनि हो
त्यसैले
जनताको आस्थालाई च्यात्न होइन
जोड्न सघाउनु पर्छ
अब आउँदा दिनहरु बर्बादी तर्फ होइन
नव निर्माण तर्फ गइरहेछन् भन्ने
आशा जगाउनु पर्छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments