Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

गैरादह । झापाको गौरादह नगरपलिकामा सिद्धार्थ बैंक लिमिटेडले कारोवार सुरु गरेको छ । बैंकले ए.टि.एम. सेवा सहित बैशाख ३१ गतेबाट गौरादह– १ बजार लाइनमा सम्पूर्ण बैंकिङ कारोबार सहित सेवा सुभारम्भ गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट “क” बर्गको इजाजतप्राप्त सिद्धार्थ बैंकले गौरादह सहित देशभरमा १ सय १२ स्थानमा शाखा संजाल बिस्तार गरिसकेको बैंकले बताइएको छ ।

नेपाल राष्ट्र बैंकको एक स्थानीय तह एक “क” बर्गको वाणिज्य बैंक भन्ने नीति अनुसार बैंकहरुले धमाधम ब्यावसायिक सम्भावना भएका सहरहरुमा शाखा विस्तारलाई तिब्रता दिएका छन् ।

गौरादहलाई प्रसस्त सम्भावना बोकेको नगरपालिका तथा उदयमान सहरको रुपमा हेरिएको हुनाले बैंकहरुको आकर्षण बढेको र सिद्धार्थ बैंकको शाखा स्थापनाले गौरादहका उद्योगी ब्यवसायीलाई थप उत्साही बनाएको ब्यवसायी चक्रपाणी बराल बताउछन् ।

तपाईको प्रतिक्रिया