Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, चार बर्ष अघि देखि झापा कारागारमा बन्दी जीवन विताइरहेका एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–६ निवासी ४१ वर्षीय नवराज श्रेष्ठ रहेको झापा कारागार भद्रपुरले जनाएको छ।

उपचारका लागि लैजाने क्रममा शुक्रबार दिउँसो कैदीको मृत्यु भएको हो । केही महिनादेखि मुटु रोगबाट पीडित श्रेष्ठलाई अञ्चल अस्पताल भद्रपुरमा उपचार गराइएको थियो। अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि कारागार विभागको सहकार्यमा उनलाई काठमाडौं लैजाने क्रममा एम्बुलेन्सभित्रै सिन्धुली पुगेपछि मृत्यु भएको झापा कारागारका जेलर यज्ञराज निरौलाले जानकारी दिए।

जबरजस्तीकरणी अभियोग पक्राउ परेका श्रेष्ठलाई झापा जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेको थियो । श्रेष्ठ ०७० पुस २८ गतेदेखि जेल जीवन बिताइरहेको जेलर निरौलाले बताए।

तपाईको प्रतिक्रिया