Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

काठमाडौं, ३ भदौ २०८३ । सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ। परिसूचक ०.२६ अंकले घटेर २६२२.२२ विन्दुमा अडिएको छ। यसअघि मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार रकम मंगलबारको तुलनामा गिरावट आएको छ।

मंगलबार ५ अर्ब ७ करोडको कारोबार भएकोमा बुधबार ३ अर्ब २९ करोडको कारोबार भयो।यसदिन ३४६ वटा स्क्रिप्सको ९५ लाख ८ हजार ८८२ कित्ता सेयर ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँमा कारोबार भयो।

कारोबारमा आएकामध्ये ११० वटा स्टक्सको मूल्य बढ्दा १५० वटाको घट्यो। १८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयर ८.४५ प्रतिशतले घट्यो।

पाँचवटा समूहको उपसूचक बढ्दा अरु बाँकी समूहको उपसूचक घट्यो। बैंकिङ,हाइड्रोपावर,नन लाइफ इन्स्योरेन्स,अदर्श र ट्रेडिङ समूहको उपसूचक सकारात्मक देखिए।

 

तपाईको प्रतिक्रिया