Online Bichar
शनिबार, भाद्र २०, २०८३ | Saturday, September 5, 2026

काठमाडौं, ३ भदौ २०८३ । ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रेम विसुंखे रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना रामेछापको हो । विसुंखेले मंगलबार वृद्धामाथि उनकै घरमा जबरजस्ती करणी गरेर फरार भएको प्रहरीले जनाएको छ ।

विसुंखे मजदूरी गर्दैआएका थिए । घटनापछि फरार रहेका उनलाई प्रहरीले बुधबार रामेछापकै तिलबारीस्थित कोही नबस्ने घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया