Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

काठमाडौं, ३ भदौ २०८३ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा एक्लै लडिरहेको भन्दै राखेको स्टाटसमा राजनीतिक अर्थ नरहेको बताएका छन् ।

पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । “प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो । यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र, हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन,” लामिछानेले पत्रकारलाई प्रतिप्रश्न गर्दै भने, “यहाँ पार्टी सिंगै उभिएको छ, उहाँ कहाँ एक्लो हुनुहुन्छ ?”

सभापति लामिछानेले प्रधानमन्त्री र आफूबीच मतभेद नरहेको उल्लेख गरेका छन् । ”हामीबीच मतभेद बढेको भनेर समाचार आइरहन्छ । त्यसले हामीलाई थप नजिक ल्याएको छ,” उनले भने ।

तपाईको प्रतिक्रिया