काठमाडौं, २४ असोज २०८३ । साउदीको रियादस्थित किंग खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथीले हमला गरेको छ ।
हमलामा धेरै मानिसहरू घाइतेको बीबीसीले जनाएको छ । घाइतेको यकिन संख्याबारे बीबीसीले केही खुलाएको छैन । उक्त विमानस्थलमा दर्जनभन्दा बढी एम्बुलेन्स उद्धारका लागि खटिएका छन् । साउदीका अधिकारीहरूले हमलाबारे केही भनेका छैनन् ।
साउदीस्थित अमेरिकी दूतावासले भने हमला भएको भन्दै आफ्ना नागरिकलाई उक्त विमानस्थल प्रयोग नगर्न सचेत गराएको छ । रियादस्थित खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हमलापछि दर्जनौँ वायुसेवा प्रदायकहरूले साउदीको उडान स्थगित गरेका छन् ।
साउदी अरबले यमनको सरकारी पक्षलाई सहयोग गरिरहेकाले आक्रमणका लागि बाध्य भएको हुथीले जनाएको छ ।






