Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौं, २४ असोज २०८३ । गलौंतीमा सडक भासिँदा अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको छ । राजमार्गअन्तर्गत धादिङको गलौंदीमा त्रिशूली नदीको कटान गर्दा सडक भासिएको थियो ।

भासिएको क्षेत्रमा १६० मिटर सडकको भित्तातिर कटिङ गरी यातायात सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्री सुनील लम्सालले जानकारी दिएका छन् ।

सडक सञ्चालनमा आएसँगै पृथ्वी राजमार्गमा यातायात पूर्ण रूपमा सुचारु भएको छ । रात्रिकालीन यात्राका दौरान विशेष सतर्कता अपनाउन मन्त्री लम्सालले आग्रह गरेका छन् ।

 

तपाईको प्रतिक्रिया