Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

झापा, ३ भदौ २०८३ । झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड–६ स्यालडाँगी बस्ने ३६ वर्षीया गीता महतो रहेकी छन् ।

प्रहरीका अनुसार मंगलबार राति करिब ८ः५० बजे महतोको घरमा गाँजा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो । सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरमा चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा महतोले आफ्नै घरको कोठाभित्र लुकाएर राखेको गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिकबाहेक ५२८ ग्राम रहेको प्रहरीले जनाएको छ ।

बरामद गाँजासहित महतोलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया