काठमाडौं, ३ भदौ २०८३ । रास्वपा सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्रीहरु फेर्ने कुनै योजना नरहेको बताएका छन् । उनले बुधबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
पत्रकारले मन्त्री फेर्न लागिएको हो ? भनी गरेको प्रश्नमा उनले भने, “विल्कुल छैन । कुनै पनि मन्त्रालय, मन्त्रीहरुले सयवटा काम गर्नुभएको छ भने एक दुईवटा काममा प्रश्न आउनु स्वाभाविक हो । त्यसलाई पार्टीले अस्वाभाविक लिएको छैन ।”
उनले अहिले कुनै पनि मन्त्री फेर्ने योजना पनि नभएको दोहोर्याएका थिए ।






