Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं– आगामी चैत्र दोस्रो साता काठमाडौंमा ग्रामिण विकाससम्बन्धि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय ग्रामिण केन्द्रिय विभागको आयोजनामा आगामी चैत्र ९ गतेदेखि ११ गतेसम्म काठमाडौंमा ग्रामिण विकाससम्बन्धि अन्तराष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनबारे जानकारी दिन मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभागमा प्रमुख प्राध्यापक डाक्टर पुष्पकमल सुवेदीले ग्रामिण विकासका बहुआयामका विषयमा छलफल गर्न अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिएको जानकारी दिए ।

सम्मेलनमा नेपालसहित विभिन्न देशका विज्ञहरु सहभागी हुनेछन । हालसम्म भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, क्यानडा, अमेरिकालगायतका देशका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने टुंगो लागिसकेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया