झापा, १९ साउन २०८३ । झापामा रोपाइँ सकिन लागेको छ । हिजो साउनको १८ गतेसम्म झापामा ९४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । उनले खसिया (खरियन) बाहेक रोपाइँ सकिएको बताउँदै साउनभरिमा शतप्रतिशत रोपाइँ सकिने जानकारी दिए ।
झापामा ७५ हजार ४५९ हेक्टर जग्गामा खेती हुने गरेको छ । जुन कुल भूभागको ७६ प्रतिशत हो ।






