Online Bichar
बुधबार, भाद्र ०३, २०८३ | Wednesday, August 19, 2026

दमक, ३ भदौ २०८३ । झापामा गत साउन महिनामा अत्यधिक सवारी दुर्घटना भएको छ । साउन महिनामा दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ९ जना गंभीर घाइते भएका छन् भने १३१ जना सामान्य घाइते भएका छन् ।

साउनभरि झापामा ९५ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरीको उपस्थिति रहने राजमार्गमा दुर्घटना घटेपनि झापाका भित्री सडकमा दुर्घटना बढ्दै गएको छ ।

 

तपाईको प्रतिक्रिया